अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महासचिव पोखरेलसहित २२ नेता चीन भ्रमणमा जाँदै

एमाले महासचिव पोखरेलसहित २२ नेता चीन भ्रमणमा जाँदै


काठमाडौं-नेकपा (एमाले) महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल १२ दिने भ्रमणका लागि शनिबार चीनको भ्रमणमा जाने भएको छ।

महासचिव नेतृत्वको भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्यदेखि जनवर्गीय संगठनका अध्यक्ष समेत रहेका छन् ।

भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ भने चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेताहरूसँग भेटवार्ता हुनेछ।

भेटका क्रममा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष छलफल हुनेछ भने एमाले र चिनियाँ कम्युनिष्ट पार्टी बीचको पार्टीस्तरीय सम्बन्धका विषयमा अन्तरक्रिया हुने जनाइएको छ।

भ्रमण टोलीमा एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम र पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह छन् ।

यस्तै केन्द्रीय सदस्य रामबहादुर मगर, केन्द्रीय सदस्य तथा अध्यक्ष तथा अखिल नेपाल महिला संघ टुकाभद्र हमाल तथा केन्द्रीय सदस्यहरू सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरुङ, अजयकुमार गुप्ता, रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई र कपिलदेव पोखरेल छन् ।

यसैगरी जिफन्ट महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पिताम्बर भूषाल, राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिककुमार बडाल, परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनाल, प्रदेश कमिटी सदस्य तथा घोराही उपमहानगरपालिकाकी उपमेयर हुमाकुमारी डीसी सदस्य छन् ।

यस्तै सचिवालयका रूपमा राजेश राई र सरोजकुमार रेग्मी पनि भ्रमण दलका सदस्य छन् ।

यसअघि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वको एक टोली पनि चीनका विभिन्न शहरहरूको भ्रमण गरेर फर्किएको थियो ।

भ्रमण टोलीमा सहभागी सदस्यहरुको नामावली निम्नानुसार छ:

१. शंकर पोखरेल, महासचिव 

२.डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख 

३.राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख

४.ज्वालाकुमारी साह, पोलिटब्युरो सदस्य/प्रतिनिधिसभा सदस्य  

५. रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य/कोशी प्रदेशसभा सदस्य  

६. टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ  

७. सहदेव बोगटी, केन्द्रीय सदस्य 

८. निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य

९. मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका 

१०. अजयकुमार गुप्ता, केन्द्रीय सदस्य

११. रचना खड्का, केन्द्रीय सदस्य

१२. भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य

१३. मानवीर राई, केन्द्रीय सदस्य/प्रतिनिधिसभा सदस्य

१४. कपिलदेव पोखरेल, केन्द्रीय सदस्य  

१५. लक्ष्मणकुमार शर्मा, महासचिव, जिफन्ट

१६. पिताम्बर भूषाल, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी

१७. क्षितिज थेवे, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल 

१८. समिककुमार बडाल, अध्यक्ष, अनेरास्ववियु

१९. गोपाल खनाल, सदस्य, परराष्ट्र मामिला विभाग

२०. हुमाकुमारी डीसी, प्रदेश कमिटी सदस्य/उपमेयर घोराही उपमहानगरपालिका

सचिवालय 

२१. राजेश राई

२२. सरोजकुमार रेग्मी