अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसको नाडेप कर्मचारी संगठन एमालेको पेसागत महासंघमा समाहित (तस्वीरहरू)

नेकपा एसको नाडेप कर्मचारी संगठन एमालेको पेसागत महासंघमा समाहित (तस्वीरहरू)


काठमाडौं-नेकपा एकीकृत समाजवादीनिकट नाडेप कर्मचारी संगठन (बैंक, बीमा, वित्तीय क्षेत्र कर्मचारी सङ्घ नेपाल) नेकपा एमालेको पेसागत महासंघ नेपालमा समाहित भएको छ।

नेकपा एसको राष्ट्रिय परिषद् र उपत्यका विशेष कमिटीका सदस्य समेत रहेका रामकुमार महतले सिङ्गो कमिटी नै एमालेको पेसागत महासंघसँग समाहित गराएका हुन्।

पार्टी परित्याग गरी संगठनसहित एमालेमा समाहित हुनुभएकाहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितका नेताहरूले पार्टीमा स्वागत गरेको पेशागत महासंघका उपाध्यक्ष भोलानाथ पोखरेलले जानकारी दिनु भयो ।