अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा ‘ट्रेण्ड सेटर’का रुपमा रहने लुम्बिनी प्रदेशको अधिवेशनआज देखि

एमालेमा ‘ट्रेण्ड सेटर’का रुपमा रहने लुम्बिनी प्रदेशको अधिवेशनआज देखि


बुटवल- सर्वाधिक चासोको रुपमा हेरिएको नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशन आजबाट सुरु हुदैछ ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु आज बुटवल जाँदैहुनुुहुन्छ । सात प्रदेशमा हुने अधिवेशन मध्ये सबै भन्दा पहिले लुम्बिनीमा हुन लागेकोले यो अधिवेशन ट्रेण्ड सेटर हुने देखिन्छ । एमालेका एक् पदाधिकारीका अनुसार लुम्बिनीमा सर्वसम्मत नेतृत्व चयन भए अन्य प्रदेशमा पनि सोही प्रचलन फलो हुने सम्भावना अधिक छ भने त्यहाँ निर्वाच्न भए अन्य प्रदेशमा पनि निर्वाचनको बाटो खुल्नेछ ।

उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पद्यमा अर्यालका साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने सो पार्टीले जनाएको छ ।

अधिवेशनपूर्व बिहान १० बजेदखि बुटवलका १९ वटै वार्डहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्ने कार्यक्रम बनाइएको छ । सम्मेलनमा १हजार ४ जना प्रतिनिधी सहभागी हुनेछन् ।

प्रदेश अध्यक्षका लागि हालसम्म राधाकृष्ण कडेल र हरि रिजालले उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।