अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकुल बास्कोटाको प्रश्न : नेपालको चुच्चे नक्सालाई चीनले वेवास्ता गर्दा प्रधानमन्त्री किन मौन ?

गोकुल बास्कोटाको प्रश्न : नेपालको चुच्चे नक्सालाई चीनले वेवास्ता गर्दा प्रधानमन्त्री किन मौन ?


काठमाडौं -नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपालले गौरवका साथ बनाएको चुच्चे नक्सालाई चीनले उपेक्षा गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

यस बारेमा सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले सम्बन्धका नाममा स्वाभिमानी र स्वतन्त्र देश चेपुवामा रहन नसक्ने अडान राख्नु भएको छ । बास्कोटाले नेपालको सार्वभौमिकताका विषयमा प्रधानमन्त्री आफै चुकेको आरोप लगाउनुभएको छ ।

बास्कोटा लेख्नुहुन्छ –‘प्रम प्रचण्ड भारत जानुअघि भारतले नेपालका केही भूभाग समेटेर अखण्ड भारतको नक्सा ल्यायो । प्रमले भने–सम्बन्धका कारण म बोलिन।अहिले प्रमको चीन भ्रमणको मुखैमा चीनले नेपालको पछिल्लो नक्सालाई वास्तै नगरी आफ्नो नक्सा ल्यायो। के प्रम त्यहाँ पनि मौन सम्बन्धका नाममा चेपुवामा देश हुन सक्दैन।’