अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीको लुम्बिनी प्रदेश अधिवेशन गर्न अध्यक्ष ओली भैरवहामा : मणिग्रामको मानव सेवा आश्रम निरीक्षण गरेर बुटवल जाने

पार्टीको लुम्बिनी प्रदेश अधिवेशन गर्न अध्यक्ष ओली भैरवहामा : मणिग्रामको मानव सेवा आश्रम निरीक्षण गरेर बुटवल जाने


बुटवल- पार्टीको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भैरवहा पुग्नु भएको छ । उपाध्यक्ष विष्णु पौडेल,महासचिव शंकर पोखरेल सहित अध्यक्ष ओली भैरवहा अवतरण गर्नुभएको हो ।
रुपन्देहीका पत्रकार अमृत गीरीका अनुसार भैरवहाबाट अध्यक्ष ओली मणिग्राममा रहेको मानव सेवा आश्रममा पुगेर त्यहाँ बसेकाहरुको अवस्थाको बारेमा जानकारी लिने कार्यक्रम छ । त्यसपछि करिब साढे १२ बजेसम्ममा लुम्बिनी अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा अध्यक्ष ओली आइपुग्ने कार्यक्रम छ । पार्टीको अधिवेशन यसै सम्मेलन केन्द्रमा हुँदैछ । अधिवेशन स्थलमा पार्टीको नेता,अधिवेशन प्रतिनिधी लगायत उपस्थित भइसकेका छन् ।