अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशमा अस्थिरता निम्त्याउन विदेशीसँग मिलेर सत्तारुढ दलले एमाले विरुद्ध षडयन्त्र गर्दैछन् : प्रदिप ज्ञवाली

देशमा अस्थिरता निम्त्याउन विदेशीसँग मिलेर सत्तारुढ दलले एमाले विरुद्ध षडयन्त्र गर्दैछन् : प्रदिप ज्ञवाली


बुटवल-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशमा अस्थिरता निम्त्याउन प्रमुख प्रतिपक्षमा रहेको एमालेविरुद्ध सत्तारुढ दलहरूले विदेशी शक्तिहरूसँग मिलेर मोर्चाबन्दी गरेको आरोप लगाउनु भएको छ ।

आज बुटवलमा आयोजित पार्टीको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै नेता ज्ञवालीले प्रमुख प्रतिपक्षविरुद्ध मोर्चाबन्दी गरेको विषय सामान्य नभएको बताउनुभयो ।
, ‘देशी विदेशी शक्ति मिलेर एमालेलाई कमजोर बनाउन यसो गरिएको हो । देशमा अस्थिरता निम्ताउन यसरी एमालेविरुद्ध मोर्चाबन्दी गरिएको छ, हरेक एमालेका सचेत कार्यकर्ताले यो विषय बुझ्न जरुरी छ, यतिबेला पार्टी शान्तिपूर्ण युद्धमा छ, लुम्बिनीबाट देशका आम कार्यकर्तालाई सन्देश दिनुपर्ने छ, त्यसैले साथीहरुले यहाँबाट त्यो सन्देश दिनुहुनेछ ’

सत्तारुढ दलहरू र प्रधानमन्त्रीलाई आलोचना गर्दै आफ्नो कुर्सीको दीर्घायुको लागि जस्तोसुकै सम्झौता गर्नेहरूबाट नेपालीले कुनै आशा गर्न नसक्ने उहाँको भनाइ छ ।