अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा होइन, माओवादीमा पहिरो जान आवश्यक छ: शंकर पोखरेल

एमालेमा होइन, माओवादीमा पहिरो जान आवश्यक छ: शंकर पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेमा पहिरो जाँदैछ भनेर भ्रम फैलाएको आरोप लगाउनु भयो।

बुटवलमा शनिबारदेखि सुरु भएको नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘नेकपा एमालेमा होइन अब माओवादीमा पहिरो जान जरुरी छ। देशभक्तहरू आउनुस् एमालेमा, विकास र समृद्धिको चाहना राख्नेहरू आउनुस् एमालेमा।’

महासचिव पोखरेलले मुलुक सामु तीन प्रकारका चुनौती रहेको भन्दै मुलुकमा धेरै दल होइन बलिया दल हुनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले धेरै दलका कारण आज मुलुक अत्यन्त ठुलो सङ्कटबाट गुज्रिरहेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘मुलुकमा अहिले तीन प्रकारका चुनौती रहेका छन्। पहिलो चुनौती राजनीतिक अस्थिरता र अराजकता हो। २०४६ पछि मुलुकले २८ जना प्रधानमन्त्री बेहोरेको छ । तर जबसम्म बलियो सरकार बन्न पाउँदैन तबसम्म जनताको समृद्धिको आकाङ्क्षा पुरा हुन सक्दैन ।’ 

महासचिव पोखरेलले मुलुकले धेरै दल थेग्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब यो मुलुकमा धेरै दल होइन बलिया राजनीतिक दलको आवस्यक्ता छ। एउटै विचारमा आधारित दलले जनमत विभाजन। जति धेरै राजनीतिक दल त्यति धेरै विचलन, अराजकता र वैदेशिक हस्तक्षेप हुन्छ।’

पछिल्लो समय नेपालमा सांस्कृतिक मूल्यहरूको विघटन तीव्र गतिमा हुन थालेको उहाँले बताउनु भयो । उहाँले माओवादी जनयुद्धका नाममा जातजातिका नाममा राज्य बाँड्ने माओवादीले प्रयासलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलका कारण रोकिएको भन्दै अहिले फेरि मुलुकमा नयाँ ढङ्गले जातीय द्वन्द्व भड्काउने प्रयासमा प्रधानमन्त्री आफै लागेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एक प्रकारले भन्ने हो भने संविधान सभाका बेलाको जस्तै जातीय द्वन्द्व भड्काउने कुतसित प्रयास भइरहेको छ।’