अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीको नेतृत्वमा एमाले एकतावद्ध छ,गुटबन्दी देख्नु दृष्टि दोष : शंकर पोखरेल

केपी ओलीको नेतृत्वमा एमाले एकतावद्ध छ,गुटबन्दी देख्नु दृष्टि दोष : शंकर पोखरेल


बुटवल- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी केपी शर्मा ओलीको नेतृत्वमा एकतावद्ध भएकोले यसमा गुटबन्दी देख्नु दृष्टिदोष मात्र भएको बताउनुभएको छ ।
बुटवलमा पार्टीको लुम्बिनी प्रदेश अधिवेशनको उद्ध्घाटनका क्रममा शुभकामना मन्तव्य राख्दै महासचिव पोखरेलले उपाध्यक्ष विष्णु पौडेल र आफूलाई जोडेर आएक अनेक थरी समाचार मिथ्या भएको बताउनुभयो । उहाँले भन्नुभयो केही दिन देखि कमरेड विष्णु पौडेल र मलाई जोडेर सञ्चार माध्यममा विभिन्न प्रकारका समाचार आएका छन् । ति हामीले पढेका छौं । हेरेका छौं । तर एमालेमा गुटबन्दी छैन । हामी कमरेड केपी ओलीको नेतृत्वमा एकतावद्ध भएर अघि बढेका छौं ।
महासचिव पोखरेलले गुटबन्दीका सन्दर्भमा आएका समाचारलाई मिथ्या सावित गर्न जारी अधिवेशनलाई एकताको अधिवेशनको रुपमा रुपान्तरण गर्न सम्पूर्ण प्रतिनिधीहरुलाई आग्रह गर्नुभएको छ ।