अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियुको कार्यबाहक अध्यक्षमा नारायण घर्ती

अनेरास्ववियुको कार्यबाहक अध्यक्षमा नारायण घर्ती


काठमाडौं-नेकपा एमालेनिकट अनेरास्ववियुको कार्यबाहक अध्यक्ष जिम्मेवारी नारायण घर्तीलाई दिइएको छ।
अध्यक्ष समिकबडाल १२ दिने चिन भ्रमणमा जाने भएकोले घर्तीलाई कार्य सम्पादक गर्नका लागि कार्यवहाकको जिम्मेवारी दिएको अध्यक्ष बडालले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।

घर्ती २०६७ मा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य हुँदै संगठनको उपत्यका इन्चार्ज, उपमहासचिव एबम संगठन विभाग प्रमुख हुँदै २०७९ मा भएको अखिलको महाधिवेशनबाट केन्द्रिय उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

अध्यक्ष बडाल आज साझ ९ बजे एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा चीन जाँदै हुनुहुन्छ। घर्तिलाई बडालले भदौ २९ गतेसम्मका लागि कार्यवहाक अध्यक्षको जिम्मेवारी दिनु भएको हो।