अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनमा एमाले नेताहरूलाई स्वागत

चीनमा एमाले नेताहरूलाई स्वागत


काठमाडौं-चीन-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा चीन भ्रमणमा आउनुभएका नेताहरुलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन्।

चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपनिर्देशक जाउ यीले नेपाली प्रतिनिधिमण्डललाई चीनमा स्वागत गरेका हुन्।

महासचिव पोखरेलको नेतृत्वमा २२ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल १२ दिन भ्रमणका लागि चीन पुग्न भएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन आएको टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको तयारी हुँदै गर्दा चीनले एमालेका २२ जना नेताहरूलाई चीन भ्रमण गराएको हो ।

भेटका क्रममा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष छलफल हुनेछ भने एमाले र चिनियाँ कम्युनिष्ट पार्टी बीचको पार्टीस्तरीय सम्बन्धका विषयमा अन्तरक्रिया हुने जनाइएको छ। 

भ्रमण टोलीमा महासचिव पोखरेलसहित स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह, केन्द्रीय सदस्यहरु  राम राना, टुकाभद्र हमाल, सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरूङ, अजयकुमार गुप्ता छन्।

त्यस्तै केन्द्रीय सदस्यहरू रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई, कपिलदेव पोखरेल, जिफन्टका महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची अध्यक्ष पिताम्बर भूसाल, युवा संघका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिक बडाल, परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनाल, लुम्बिनी प्रदेश किमिटी सदस्य हुमाकुमारी डिसी र सचिवालयबाट राजेश राई र सरोजकुमार रेग्मी भ्रमण टोलीमा छन्।

यस्तै सचिवालयका रूपमा राजेश राई र सरोजकुमार रेग्मी पनि भ्रमण दलमा हुनुहुन्छ ।