अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चद्वारा तीज विशेष कार्यक्रम गर्ने

एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चद्वारा तीज विशेष कार्यक्रम गर्ने


काठमाडौं-नेकपा एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष तथा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।

तीज कार्यक्रम यही भदौ २३ गते शनिवार काठमाडौंको धुम्बराईस्थित लड पार्टी भेन्युमा बृहत् सांस्कृतिक कार्यकमसहित दर खाने कार्यक्रम गर्न लागेको हो।

कला, संस्कृति, रीतिरिवाजको संरक्षण गर्दै खोटाङबाट काठमाडौं उपत्यकामा आई बसोबास गर्ने महिला दिदीबहिनी तथा दाजुभाइहरूबीच  आत्मीयता साटासाट गर्दै तीज मनाउन यही भदौ २३ गते कार्यक्रम गर्न लागेको नेकपा एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नवराज रोकाले जानकारी दिनुभयो। तीज कार्यक्रम धुम्बराईस्थित लड पार्टी भेन्युमा  हुने उहाँले बताउनुभयो।  कार्यक्रम बिहान ११ बजे सुरु गर्ने तयारी गरिएको छ।

मञ्चका अध्यक्ष रोकाले भन्नुभयो, ‘नेकपा एमाले खोटाङ-काठमाडौ सम्पर्क मञ्च  महिला विभागद्वारा आयोजित तीज विशेष कार्यक्रम २०८० भदौ २३ गते शनिवार धुम्बराईस्थित लड पार्टी भेन्युमा बिहान ११ बजे बृहत् सांस्कृतिक कार्यकमका साथ दर खाने कार्यक्रम भएकोले खोटाङ जिल्लाबाट काठमाडौं उपत्यकामा विभिन्न पेशा व्यवसायमा आवद्ध खोटाङे आमाबुवा, दिदीबहिनी तथा दाजुभाइ, मञ्चमा आवद्ध पदाधिकरी, सचिवालय सदस्य, सदस्यहरु एवं १० वटै पालिकाका महानुभावहरु, मञ्च सल्लाहकारज्युहरु, एमालेका नेता-कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक, समर्थक  लगायत मानुभावहरुलाई उपस्थिति भइ मनोरञ्जनका साथमा दर खान उपस्थितिका लागि सम्पर्क मञ्च हार्दिक निमन्त्रणा गर्दछ।’

राजनीतिक गतिविधिका लागि संगठित भएको मञ्च भएपनि खोटाङ सम्पर्क मञ्चले हरेक वर्ष विभिन्न सामाजिक कार्यहरू समेत गर्दै आएको अध्यक्ष रोकाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘तीज विशेष कार्यक्रम पनि सम्पर्क मञ्चले हरेक वर्ष गर्ने नियमित कार्यक्रम हो।’