अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई दबाब दिन राप्रपाले भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने

सरकारलाई दबाब दिन राप्रपाले भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने


काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी भदौ २७ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ।

राप्रपाको आइतबार बसेको पदाधिकारी बैठकले आगामी भदौ २७ गते बुधबार काठमाडौंमा बृहत् विरोध सभा गर्ने निर्णय गरेको हो।

राप्रपाले गौवंश हत्याको विरोध, हिन्दुत्वको रक्षा एवम् हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, विभिन्न भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानबिन, सुन तस्करी लगायत काण्डमा संलग्नको पूर्ण छानबिनसहितका मागसहित प्रदर्शन गर्ने लागेको हो।

 शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदाशीनता, बढ्दो बेरोजगारी, मूल्यवृद्धि जस्ता विषयसहित प्रदर्शन गर्न लागिएको प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो । सरकारलाई दबाब सिर्जना गर्न राप्रपाले र्‍यालीसहित सभा गर्ने निर्णय गरेको श्रेष्ठले बताउनु भयो।