अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकारले उद्योगी, व्यवसायीको समस्या बुझेन: सुरेन्द्र पाण्डे

वर्तमान सरकारले उद्योगी, व्यवसायीको समस्या बुझेन: सुरेन्द्र पाण्डे


काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान सरकारले उद्योगी, व्यवसायीहरुको समस्या बुझ्न नसकेको बताउनु भएको छ। उहाँले मुलुकको आर्थिक विकासमा उद्योगी, व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहे पनि सरकारले त्यो विषय बुझ्न नसकेको बताउनु भयो।

नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको अर्थतन्त्रमा देखिएको समस्या चुनौतीको विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले सो कुरा बताउनु भएको हो ।

पूर्व अर्थमन्त्री समेत रहनुभएका पाण्डेले देशको उद्योग तथा व्यवसाय क्षेत्र समस्यामा रहेको बताउनुभयो। उद्योग क्षेत्रमा देखिएका समस्या समाधानको काममा तत्काल लाग्न उहाँले सरकारलाई आग्रह गर्नुभयो। 

बजेटमा खर्च गर्ने लक्ष नै घटेको अवस्थामा कार्यान्वयनमा जाँदा त्यो पनि लक्ष अनुसार प्रगति नहुने अवस्थामा रहेको उहाँले बताउनुभयो । यसले देश गम्भीर संकटमा पर्ने र विकासका काम ठप्प हुने पाण्डेको भनाइ छ। सरकारले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको मारमा परेका व्यवसायीको समस्या बुझ्न नसकेको उहाँले बताउनुभयो। उपाध्यक्ष पाण्डे भन्नुभयो, ‘सरकारले व्यवसायी क्षेत्रको समस्या बुझेन।’ 

भाटभटेनी संचालक मीनबहादुर गुरुङलाई पक्राउ गरेर सरकारले व्यवसायीलाई तर्साउने काम गरेको उहाँले बताउनुभयो । २८ वटा भाटभाटेनी सञ्चालक गुरुङ काहीँ भाग्ने अवस्था नभएको भए पनि सरकारले व्यवसायीलाई तर्साउनको लागि उहाँलाई गिरफ्तार गरेको बताउनुभयो।   

भारतले चामलमा लगाएको कर र नेपालमा बढेको ग्यास र पेट्राेलिय पदार्थको मूल्यले ५० प्रतिशत मूल्यवृद्धि हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आउने वर्षमा साढे ६ प्रतिशत  मूल्यवृद्धिमा बस्न सक्छु म भनेर सरकारले भनेको छ, साढे ६ प्रतिशत होइन १० प्रतिशत माथि जाने त त्यसै देखियो।’

यो वर्ष खाद्यान्नको अभाव पनि पनि हुने र उद्योग व्यवसाय पनि समस्यामा पर्ने हुँदो देश गम्भीर संकटमा जाने उहाँले चेतावनी दिनुभयो । सरकारले गरेको काममा कुनै पनि सकारात्मक क्षेत्र नरहेको उहाँले बताउनुभयो ।