अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनीमा सर्वसम्मतीको सम्भावना न्यून, अध्यक्षका लागि कँडेल र रिजालको उम्मेद्वारी दर्ता

एमाले लुम्बिनीमा सर्वसम्मतीको सम्भावना न्यून, अध्यक्षका लागि कँडेल र रिजालको उम्मेद्वारी दर्ता


बुटवल – नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जना नेताले उम्मेद्वारी दर्ता गरेका छन् ।

सर्वसम्मतीको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरु छलफलमा जुटेका थिए । तर दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन हुने देखिएको छ ।

कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन् ।
अध्यक्ष ओलीले लुम्बिनीमा सहमती वा निर्वाचन गराउने भन्ने सर्वाधिकार प्रदेश इन्चार्ज पद्मा अर्याललाई दिनुभएको छ ।