अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनीको नयाँ नेतृत्वका लागि दिउँसो निर्वाचन, उम्मेदवारी दर्ता जारी 

एमाले लुम्बिनीको नयाँ नेतृत्वका लागि दिउँसो निर्वाचन, उम्मेदवारी दर्ता जारी 


काठमाडौँ–नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि दिउँसो निर्वाचन हुने भएको छ । जारी एमाले लुम्बिनी अधिवेशनमा बिहान १० बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । 

उम्मेदवारी दर्ता सकिएपछि अन्य प्रक्रिया हुने र दिउँसो २ बजेदेखि निर्वाचन हुने एमाले लुम्बिनी प्रदेश उपसचिव दुर्गा प्रसाद चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘१० बजेसम्म उम्मेदवारी मनोनयनको समय छ । त्यसपछि दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन लगायतका काम हुन्छन् । उम्मेदवारी फिर्ता नभए दिउँसो दुई बजेदेखि निर्वाचन हुन्छ ।’ 

उपसचिव चौधरीले सबै पदका लागि निर्वाचन हुने बताउनुभयो । अध्यक्षमा दुई जनाबीच प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । 

अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजालले हिजो राति नै उम्मेदवारी दर्ता गराउनुभएको छ । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकट मानिनुहुन्छ ।

यस्तै उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ र पुजन विश्वकर्मा, सचिवमा लक्ष्मण आचार्य, सोम सापकोटा र उपसचिवमा १२ जनाको उम्मेदवारी परेको बताइएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार उद्घाटन गर्नुभएको थियो । अधिवेशनले २०५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।