अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको छ: शंकर पोखरेल  

एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको छ: शंकर पोखरेल  


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेको नेपाली टोलीले सोमबार जनवादी गणतन्त्र चीनको मुख्य सहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदानप्रदान र अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएको छ।

कार्यक्रममा एमाले महासचिव पोखरेलले जनताको बहुदलीय जनवादको आलोकमा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यसहित नेकपा एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको बताउनु भयो । उहाँले नेपालको समृद्धिमा चिनियाँ अनुभव उपयोगी र महत्त्वपूर्ण रहेको पनि बताउनुभयो। 

उहाँले नेपाली कम्युनिष्ट आन्दोलनको विकासमा  मुख्य तीनवटा मोडल रहेका बताउनुभयो। जसमा पुष्पलाल श्रेष्ठको पार्टी स्थापना र संगठन, मदन भण्डारीको विचार र केपी शर्मा ओलीको समृद्धिको अभियान रहेको उहाँले प्रष्ट पर्नुभयो।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा समृद्ध नेपाल नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्दै समाजवादको आधार निर्माण गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। 

कार्यक्रममा चिनियाँ आधुनिक रणमा छोङछिङको अभ्यासको बारेमा प्रोफेसर सुन लिङ उले  र प्रोफेसर दा सिउ लाईओईले नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवाद तथा सी बिचार धाराका विषयमा प्रस्तुति गर्नुभएको थियो । 

नेपाली टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू  ज्वाला कुमारी  शाह, राम राना, टुका हमाल, सहदेव देवकोटा, रचना खड्का, नीरज आचार्य, मञ्जु गुरुङ, अजय कुमार गुप्ता,  मानवीर राई लगायत हुनुहुन्छ।