अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इन्चार्ज र सह इन्चार्ज

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इन्चार्ज र सह इन्चार्ज


काठमाडौँ-जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठवटा जिल्लामा इन्चार्ज र सह इन्चार्ज तोकेको छ।

पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सप्तरी जिल्लाको इन्चार्जमा बादलप्रसाद यादव र सह इन्चार्ज छेदी यादव, सिरहा जिल्लाको इन्चार्ज कौशलेन्द्र यादव र सह इन्चार्ज विष्णुकुमार साह, धनुषा जिल्लाको इन्चार्ज राजनारायण यादव र सह इन्चार्ज शैलेन्द्रकुमार यादव, महोत्तरी जिल्लाको इन्चार्ज अशोककुमार यादव र सह इन्चार्ज राजीवकुमार यादवलाई तोकिएको छ।

यसैगरी सर्लाही जिल्लाको इन्चार्जमा रामआशिष यादव र सह इन्चार्ज सञ्चमाया मोक्तान, रौतहटको इन्चार्ज चन्देश्वर महतो र सह इन्चार्ज राजकुमार दास, बारा जिल्लाको इन्चार्ज सिहासन सा कलवार र सहइन्चार्ज सोहन शर्मा र पर्सा जिल्लाको इन्चार्जमा अधदभूषण यादव र सह इन्चार्ज दीपक यादव रहनुभएको छ।