अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको चुच्चे नक्सालाई मान्यता नदिएसम्म प्रधानमन्त्रीले चीन भ्रमणमा जानु हुँदैन: ज्ञानेन्द्र शाही

नेपालको चुच्चे नक्सालाई मान्यता नदिएसम्म प्रधानमन्त्रीले चीन भ्रमणमा जानु हुँदैन: ज्ञानेन्द्र शाही


काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले चीनले नेपालको चुच्चे नक्सालाई मान्यता दिए मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा जान मिल्ने बताउनु भएको छ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी भइरहँदा प्रमुख सचेतक शाहीले नेपालको चुच्चे नक्सा चीनले स्वीकार गरेमात्रै सो भ्रमणमा जान मिल्ने बताउनु भएको हो।

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मी माझ प्रमुख सचेतक शाहीले चीनले नेपालको चुच्चे नक्सा सार्वजनिक नगर्दै सो देशको भ्रमणमा गए उहाँको राष्ट्रवादमाथि पनि प्रश्न उठ्ने बताउनु भयो ।

प्रमुख सचेतक शाहीले प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउने कामका लागि विदेश भ्रमण गर्न नहुने पनि बताउनु भयो ।