अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनी अधिवेशन: नयाँ नेतृत्वका लागि ८ बजेदेखि मतदान

एमाले लुम्बिनी अधिवेशन: नयाँ नेतृत्वका लागि ८ बजेदेखि मतदान


बुटवल–नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन हुने निश्चित भएको छ। बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा निर्वाचन हुने निश्चित भएको हो। 

सर्वसम्मतमा नेतृत्व चयन गर्ने विषयमा नेताहरुबीच सहमति नभएपछि राति ८ बजेदेखि मतदान हुने भएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन समितिले जनाएको छ।  राति ८ बजेदेखि मतदान सुरु गरिने निर्वाचन आयोगका प्रमुख हरि भण्डारीले जानकारी दिनु भयो। 

प्रदेश अध्यक्षको लागि हरि रिजाल र राधाकृष्ण कँडेलले उम्मेदवारी दर्ता गराएका छन्।