अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसमा महाधिवेशन गर्ने अध्यक्ष माधव नेपालकै प्रस्ताव अस्विकृत

नेकपा एसमा महाधिवेशन गर्ने अध्यक्ष माधव नेपालकै प्रस्ताव अस्विकृत


काठमाडौं -नेकपा एकिकृत समाजवादीका नेताहरुमा भएको विवादले माघमा गर्ने भनिएको महाधिवेशन अनिश्चित बनेको छ ।

पार्टी स्थापनापछि पहिलो पटक हुन लागेको महाधिवेशनलाई नै १० औं महाधिवेशन भनेकोले राजनीतिक वृत्तमा आलोचना भएको यस पार्टीका सम्मानीत नेता झलनाथ खनालले माघमा महाधिवेशन सम्भव नहुने अडान राखेपछि सचिवालय बैठकले यस विषयमा कुनै निर्णय लिन सकेन ।
सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले आगामी माघ ५–७ गते गर्ने प्रस्ताव गर्नुभएको थियो। तर, ३ महिने अभियानकै बेला महाधिवेशनको तयारी गर्न सम्भव नहुने सम्मानित नेता झलनाथ खनाल लगायतले विषय उठाएपछि बैठक कुनै ठोस निर्णय नगरी सकिएको हो।
‘सचिवालयका थुप्रै सदस्यले पार्टीको तत्कालीन कार्ययोजना र महाधिवेशनबीच सन्तुलन मिलेन भनेर अध्यक्षको प्रस्ताव कार्यान्वयन गर्न नसक्ने बताउनुभयो,’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन् , ‘अलि कन्ट्रोभर्सी भयो भनेपछि विवाद जस्तैपर्‍यो। अध्यक्षको महाधिवेशन प्रस्ताव पारित भएन।’

अध्यक्ष नेपालले जनकपुरमा माघको पहिलो हप्ताका लागि महाधिवेशन मिति पारित गर्ने योजना असफल भएको छ।

बैठकमा खनाल लगायतका नेताहरूले केन्द्रिय सदस्य टुंगो लगायर अन्य निर्णय पछि गर्न सुझाव दिएका थिए।

‘केन्द्रीय सदस्य मनोनयन र कार्यविभाजन हेरफेरको विषयमा अध्यक्षले ल्याएको प्रस्ताव अस्वीकृत भयो र आज पेस गर्न दिनुभएन,’ ती नेताले थपे, ‘अध्यक्षले कोहिसँग सल्लाह गरेको जस्तो नदेखिएपछी सचिवालय सदस्यले थप अध्ययन गर्न समय माग्नु भएको छ।’