अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

सिंहदरबारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


 काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री समेत रहेका ओलीबीच भेटवार्ता भएको हो।

सिंहदरबार स्रोतका अनुसार संसदमा छलफल क्रममा रहेका विधेयकलगायत विषयमा दुई नेताबीच कुराकानी भएको छ।त्यसक्रममा नेताहरुबीच प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमणका बारेमा समेत सामान्य कुराकानी भएको बुझिएको छ। प्रधानमन्त्री प्रचण्ड दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाँदै हुनुहुन्छ।