अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनी प्रदेश अधिवेशन: मतगणना सुरु

एमाले लुम्बिनी प्रदेश अधिवेशन: मतगणना सुरु


बुटवल-नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको  मतगणना सुरु भएको छ। प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत मतगणना सुरु भएको हो । 

१ हजार ४ जना मतदातामध्ये ९ सय ६५ मत खसेको  थियो। 

साँझ ५ बजेपछि मतगणना सुरू भएको हो। मंगलबार रातिसम्म अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जानकारी दिएको छ।

प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष रहेका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालबीच प्रतिष्पर्धा छ।

सचिवमा उम्मेदवारी दिएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्।

पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, र दुई उपसचिवमा  १३ जनाबीच प्रतिस्पर्धा छ।

उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, रूपन्देहीकै विश्वराज बराल अनुप, बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीबीच प्रतिस्पर्धा छ।

महिला एकजना उपसचिव पदमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन्।

त्यस्तै पुरुषतर्फ एक उपसचिव पदमा रूकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसिले उम्मेदवारी दिएका छन्।

पदाधिकारी र सदस्य गरी २०५ जनाको प्रदेश कमिटीका लागि ३६४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।