अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको विकासमा चीनको महत्वपूर्ण भूमिका: महासचिव पोखरेल

नेपालको विकासमा चीनको महत्वपूर्ण भूमिका: महासचिव पोखरेल


चीन–नेकपा महासचिव पोखरेलले नेपाल र चीनबीच जनस्तरमा धेरै पुरानो सम्बन्ध रहेको बताउनु भएको छ।

भृकुटी र अरनिकोदेखिको जनस्तरमा सम्बन्ध रहेको उल्लेख गर्दै सन् १९५५ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको चीन भ्रमण चीन र नेपालबीचको सम्बन्ध महत्वपूर्ण रहेको स्मरण गराउनु भयो।

जनताको बहुदलीय जनवादका प्रर्वतक जननेता मदन भण्डारीको चीन भ्रमण विचार निर्माण र परिवर्तनमा महत्वपूर्ण रहेको बताउनु भयो ।

महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला भएको नेपाल र चीनबीचको व्यापार तथा पारवहन सम्झौताले नेपालललाई तेश्रो मुलुकसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नु भयो । यसले नेपालको स्वाधिनता र स्वाभिमानको पाटोमा गौरव बढाएको बताउनु भयो।

उहाँले राष्ट्रपति सीजिनपिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरु कार्यान्वयन नभएको उल्लेख गर्दै ती सम्झौताहरुको प्रभावकारी कार्यान्वयनको पक्षमा एमाले रहेको बताउनु भयो। महासचिव पोखरेलले छोङछिङबाट नेपालस्थित दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा छोङछिङ उडानको प्रस्ताव पनि राख्नु भयो । भेटमा नेकपा (एमाले) विदेश विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरु सहभागी थिए ।