अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कडेंल दुई मतले विजयी

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कडेंल दुई मतले विजयी


काठमाडौं -नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्ष राधाकृष्ण कडेंल झिनो मतले विजयी हुनुभएको छ । कडेंलले प्रतिष्पर्धी हरि रिजाललाई २ मतको अन्तरले पराजित गर्नुभएको हो । कडेंलको ४सय७९ मत आउदा रिजालको ४ सय ७७ मत आएको छ ।
गएराती भएको मत परिणाम घोषणा अनुसार उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् । उनीसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पूजन विश्वकर्माले ९८, रुकुमका शान्त कुमार वलीले ५६ मत ल्याएका थिए । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याएका थिए ।
महिला उपसचिवमा लीला रानामगर ३५२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी प्रतिष्पर्धी बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याएका छन्।यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी हुनुभएको छ ।
कडेंललाई पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र रिजाललाई महासचिव शंकर पोखरेलको साथ रहेको थियो ।