अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन: ईश्वर पोखरेल

एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन: ईश्वर पोखरेल


नुवाकोट–नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी एमालेलाई सरकारमा जान हतार नभएको बताउनु भएको छ।

प्रेस चौतारी नुवाकोटले आज बट्टारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार ढाल्ने र बनाउने कसरतमा भन्दा पनि एमाले आफ्नो पार्टी सुदृढीकरण अभियानमा लागेको बताउनु भयो।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘वर्तमान सरकारमा सहभागी हुने मनसाय पार्टीको छैन। सरकारलाई ढाल्ने प्रयासमा लाग्नुभन्दा पनि आगामी निर्वाचनमा बहुमत ल्याउने गरेर सङ्गठन निर्माणमा केन्द्रित हुन व्यस्त छौं।’

उपाध्यक्ष पोखरेलले ‘समृद्ध नेपाल : सुखी नेपाली’को आकांक्षा एमालेले मात्रै पूरा गर्नसक्ने जनाउँदै विचार र ‘एजेन्डा’ विनाका दलहरूबीच निर्वाचनमा गठबन्धन नहुने टिप्पणी गर्नु भयो । 

पार्टीलाई बलियो बनाउन जबजको विकास तथा दशौं महाधिवेशनको कार्यदिशा र कार्यभार अनुसार पार्टीको नेतृत्व तहदेखि तल्लो तहसम्मनै विधिबाट निर्देशित हुने भएकाले पार्टीमा कुनै वैमनश्यता नरहेको उहाँले दाबी गर्नुभयो।