अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हामी सधैँ गठबन्धनको पछि लाग्दैनौँ: झलनाथ खनाल

हामी सधैँ गठबन्धनको पछि लाग्दैनौँ: झलनाथ खनाल


काठमाडौँ–नेकपा एकीकृत नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी जहिले पनि गठबन्धनको पछि नलाग्ने बताउनु भएको छ।

बुधबार काठमाडौँमा आयोजित पार्टी निकट आदिवासी जनजातिको भेलालाई सम्बोधन गर्दै नेता खनालले अब आउने चुनावमा पार्टीले देशव्यापी भाग लिने र सधैँ गठबन्धनको पछि नलाग्ने बताउनु भएको हो।

‘अव आउने चुनावहरूमा हामी व्यापक रूपमा भाग लिन्छौँ । तर जहिले पनि गठबन्धनका पछि लाग्दैनौं’, खनालले भन्नुभयो, ‘नेकपा एकीकृत समाजवादी नितान्त आफ्नो व्यक्तित्वका साथ आफ्नो कार्यक्रम र  योजनाका साथ आउने चुनावमा जनताका बिचमा जान्छ ।’

उहाँले अबको चुनावसम्म ७५३ वटै पालिकामा पार्टीका झन्डा फहराउन कार्यकर्ताहरूलाई आग्रह समेत गर्नु भयो ।