अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्छ: वामदेव गौतम

प्रधानमन्त्रीले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्छ: वामदेव गौतम

एमाले र एकीकृत समाजवादीमा जान सक्छु, माओवादीमा जान्नँ


काठमाडौँ-पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताउनु भएको छ।

बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गौतमले आफू नेकपा एमाले र एकीकृत समाजवादी पार्टीमा जान सक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताउनु भएको हो।

‘हामी नेपालको सबै कम्युनिष्टहरु एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन। म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जान सक्छु। म माओवादी केन्द्रमा जान सक्दिन,’ उहाँले भन्नुभयो, ‘किनभने जनयुद्ध कालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए। राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई माक्र्सवाद भन्छन्, भन्दैनन्।’

नेता गौतमले जनयुद्धकालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धका पीडितका घर घरमा पुगेर माफी नमागेसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पार्नु भयो।

राजनीतिक व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभइ गल्ती भएको गौतमको  जिकिर छ।

‘कमरेड प्रचण्डले घरघरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन। संयुक्त रुपमा एउटै पार्टी बनाउने हो भने हामी जान सक्छौँ,’ गौतमले भन्नुभयो, ‘उमेर हद भनेको यो संविधानको धारा २४ को बिरुद्धमा छ। त्यो व्यवस्था उँच, निच, छुवाछुत, जातिपाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ। उमेर हद नेपालको संविधान बिरोधी छ, त्यो हट्नैपर्छ।’

समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरुमा पुँजीवाद भन्दा अरु केही नरहेको जिकिर गर्नुभयो ।  

पार्टीको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री स्वयंले नै एमसीसीको व्याख्यात्मक टिप्पणीमाथि प्रश्न उठाउनुले धेरैकुरा शकाको घेरामा आएको निस्कर्ष निकालेको छ।