अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा प्रधानमन्त्री, देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री, देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

उहाँहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो।

बुधबार अपरान्ह भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, प्रधानमन्त्रीको न्युयोर्क र चीन भ्रमण र संसद्मा विचाराधिन रहेको टीआरसी विधेयक र बर्खे अधिवेशनकोबारे छलफल भएको स्रोतले बताएको छ।

यसअघि बुधबार नै प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेसँग छलफल गर्नु भएको थियो। सभामुखसँग पनि उहाँले टीआरसी विधेयक संसद्बाट अघि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको थियो ।