अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राधाकृष्ण कंडेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गर्दै  लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न  

राधाकृष्ण कंडेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गर्दै  लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न  


बुटवल-नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ। 
लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले यही भदौ १६ गते बुटवलमा उद्घाटन गर्नुभएको थियो।
भदौ १९ गते मङ्गलबार भएको निर्वाचनमा कंडेल ४७९ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ भने अर्का प्रत्यासी हरि रिजालले ४७७ मत प्राप्त गर्नुभएको छ। रिजाललाई दुई मतले पराजित गर्दै कंडेल विजयी हुनुभएको हो।  

पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये आठ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो।
पदाधिकारीतर्फ उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी हुनुभएको छ भने विश्वराज बरालले ३०६ मत, पुजन विश्वकर्माले ९८ मत र शान्तकुमार वलीले ५६ मत प्राप्त गर्नुभयो। उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत प्राप्त गरी निर्वाचित हुनु्भएको छ भने दुर्गाप्रसाद थारू चौधरीले ३९३ र उपेन्द्रलाल कामीले ११० मत ल्याउनुभयो। 

महिला उपसचिवमा लीला रानामगर ३५२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने अन्य प्रत्यासी बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याउनुभयो । यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी हुनुभएको छ। 

अधिवेशनबाट अध्यक्षसहित २०५ जनाको कमिटी निर्वाचित भएको छ । जसमध्ये सचिवसहित विभिन्न क्षेत्रबाट सदस्य गरी १०६ जना निर्विरोध र बाँकी निर्वाचनका माध्यमबाट चुनिएका छन् । कुल एक हजार पाँचजना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो । विजयी उम्मेदारहरूको सपथग्रहण र अधिवेशन समापन कार्यक्रम बुधबार सम्पन्न भएको छ।