अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-देउवा र ओलीबीच के विषयमा भयो कुराकानी ?

प्रचण्ड-देउवा र ओलीबीच के विषयमा भयो कुराकानी ?


काठमाडौं–बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई संसद्‌बाट पारित गराउने विषयमा सहमति जुटाउन प्रधानमन्त्रीले सभामुखसहित तीन दलसँग छलफल गर्नु भएको हो।

बुधबार दिउँसो ३ बजे सुरुमा सभामुख देवराज घिमिरेसँग छलफल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नु भयो।

तर, अध्यक्ष ओलीले एक पटक अध्ययन गर्ने र साथीहरूसँग छलफल गर्ने बताउनु भएपछि टीआरसीका विषयमा कुनै निर्णय नभएको नेताहरूले बताएका छन्। ‘टीआरसीका विषयमा एकपटक अध्ययन गर्छु, साथीहरूसँग छलफल गर्छु भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘एक/दुईदिनमा फेरि छलफल हुन्छ।’

अध्यक्ष ओलीले टीआरसीमा केही बुँदा सुधार गर्नुपर्ने खालका रहेको बताउनु भयो।

टिआरसी विधेयक संसदको उपसमितिमा विचाराधीन छ। वैशाखदेखि यता सो विधेयक उपसमितिमा थन्किएको छ।

बुधबार कांग्रेस सभापति देउवाले पनि विधेयकमा साझा समझदारी कायम गरेर जान आग्रह गर्नु भयो।

‘प्रधानमन्त्रीले संक्रमण कालीन न्याय सम्बन्धि विधेयकलाई संसद्‌बाट सबै दलको सहमतिमा टुंगो लगाउन सहयोग गर्नुपर्‍यो भन्नुभयो,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भन्नुभयो, ‘तर कुनै निष्कर्ष निस्किसकेको छैन।’