अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरो पहिलो प्रयास सर्वदलीय सरकार: हिक्मत कार्की

मेरो पहिलो प्रयास सर्वदलीय सरकार: हिक्मत कार्की


काठमाडौं-कोशी प्रदेशमा गठबन्धनको असंवैधानिक सरकार सर्वोच्चले बर्खास्त गरेपछि नियुक्त मुख्यमन्त्री नियुक्त हुन लाग्नु भएका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले सर्वदलीय सरकारको प्रयास गर्ने बताउनुभएको छ।

विराटनगरस्थित निवासमै रहनु भएका कार्कीले यो बेला डटकमसँग संक्षिप्त कुरा गर्दै सर्वोच्चले गठबन्धनको असंवैधानिक कदम सच्याएर संविधानलाई लाइनमा ल्याएकोमा स्वागत गर्नु भएको छ।

उहाँले गठबन्धनका पटक-पटकका प्रयास असफल भएपछि कोशीमा सरकार बनाउने जिम्मा एमालेकै काँधमा आएको उहाँले बताउनुभयो । ‘संसदको समिकरण र गणित हेर्दा कुनै पनि दलको एकल बहुमतको सरकार सम्भावना छैन। त्यसैले अब सर्वदलीय सरकारको प्रयास गर्छु ’कार्कीले भन्नुभयो ‘सर्वदलीय सरकारको अभ्यास कोशीबाटै गर्ने तयारीमा म छु।’