अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरमा एमालेका १ हजार ७६१ नयाँ संगठित सदस्यद्वारा सपथ ग्रहण

भक्तपुरमा एमालेका १ हजार ७६१ नयाँ संगठित सदस्यद्वारा सपथ ग्रहण


भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका नयाँ संगठित सदस्य लिएका १ हजार ७६१ जनाले सपथ ग्रहण गरेका छन्।

कार्यक्रममा नयाँ संगठित सदस्यहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले सपथ खुवाउदै नयाँ संगठित सदस्यहरुका लागि यो इतिहासकै गौरवपूर्ण क्षण भएको बताउनु भयो ।

आजदेखि नेकपा एमालेमा संगठिन भएका सदस्यहरुले नेकपा एमालेको नीति, विचार र सिद्धान्तलाई अंगाल्दै आफ्ना आचरणलाई समेत कम्युनिष्ट आचरणमा बलदेर लैजानु पर्ने बताउँदै उहाँले आजदेखि व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक हित एवं देशको लागि लाग्नु पर्ने बताउनु भयो।

इन्चार्ज ढुङ्गेलले भन्नुभयो, ‘परिवर्तन आफैबाट सुरु गर्नुपर्छ, आजदेखि तपाईहरुले आफ्नो खल्तीमा एउटा ऐना बोक्नुस् र दैनिक हेुर्नस्, म हिजो कस्तो थिएँ ? आज कस्तो भए र भोली कस्तो हुनेछु, भनेर नियाल्नुस्, आफैलाई परिवर्तन गर्नुस् र समाज अनि देश परिवर्तन गर्न सकिन्छ ।’

इन्चार्ज ढुङ्गेलले भन्नुभयो, ‘अब मिसन २०८४ सुरु गरेका छौँ, एमालेलाई फेरी पनि समृद्ध बनाउन कम्मर कस्नु पर्छ, एमालेले सिंगो भक्तपुरलाई आफ्नो झण्डा र परिचयभित्र समेट्नु पर्छ, नयाँ सदस्यहरु सहितको बलले आउँदो निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउनुपर्छ, भक्तपुरमा एमालेलाई कसैले हल्लाउन नसक्ने बताउनुपर्छ ।’ एमालेले जनताको सरोकारका विषयलाई आफ्नो एजेण्डा बनाएर लैजानु पर्नेमा उनले जोड दिनुभयो।

कार्यक्रममा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले धेरै पहिला औला काटेर रगतको छाप लगाएर कम्युनिष्टको सदस्यता लिने गरेको स्मरण गराउँदै अहिले एमालेको नीति, सिद्धान्त र विचार मान्ने र देशको समृद्धिका लागि एकताबद्ध हुनेले एमालेको सदस्य पाउने बताउनु भयो ।

उहाँले यो सपथ ग्रहणको क्षण गौरवशाली पार्टीको गौरबमय क्षण भएको चर्चा गर्दै, भक्तपुर जिल्लामा ७ हजार भन्दा बढी पार्टी संगठित सदस्य र देशभर लाखौं सदस्य रहेको बताउनु भयो ।