अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विगतको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई एमालेको सुझाव

विगतको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई एमालेको सुझाव


काठमाडौं -नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चीन भ्रमणका क्रममा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिएको छ ।

सुझाव संकलन गर्न सिंहदरबारमा छलफल गरेका प्रधानमन्त्री समक्ष एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास चीनलाई दिलाउँदै यसअघिको सहमति कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

नेपालले चीनसँगको सम्बन्ध कम प्राथमिकतामा राखेको हो कि भन्ने भ्रम चीनलाई रहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको भ्रमणले त्यो तोड्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा छ । चीन असल छिमेकी हो । चीनसँगको सम्बन्धलाई हामीले उच्च महत्त्व दिन्छौं भन्ने कुरामा फोकस गर्नका लागि आग्रह गरेको छु । नयाँ नयाँ योजनाहरूका लिस्ट प्रस्तुत गर्नुभन्दा पनि २०१६ देखि २०१९ सम्म उच्च स्तरीय भ्रमणमा भएका समझदारीको कार्यान्वयनका लागि विश्वास जगाउन आग्रह गरेको छु ।