अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेससँग सहकारीको नीति छैन: अध्यक्ष ओली

कांग्रेससँग सहकारीको नीति छैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहकारीको पक्षमा नरहेको आरोप लगाउनु भएको छ।

एमालेनिकट सहकारी तथा गरिबी निवारण विभागले आइतबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस सैद्धान्तिक र नीतिगत हिसाबले सहकारीको पक्षमा नरहेको दाबी गर्नु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘माओवादीलाई नीतिको अर्थ छैन। माओवादी भन्ने भन्ने पार्टीलाई नीतिसँग कुनै सरोकार छैन। उसले फाइदामात्रै जान्दछ । यो सहकारीको बाटो हिँडेर दिनमा क्विन्टल क्विन्टल सुन ल्याएजस्तो फाइदा सहकारीतिर लागेर, गाउँका मान्छेलाई सानातिनामा जोडेर के फाइदा छ ? उसलाई त ठ्याकठ्याक फाइदा चाहियो। यसो हेर्दा टिलिक्क टल्किने खालको फाइदा चाहियो ? मोटो रकममा फाइदा चाहियो । खुद्रामा अल्झिने जातै होइन।’