अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुग्यो : पूर्वराष्ट्रपति भण्डारी

नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुग्यो : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख सुवास तथा नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको बताउनुभएको छ । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै भण्डारीले उहाँको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । 

भण्डारीले भन्नुभएको छ,’मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा (एमाले)का उपाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको निधनले सिंगो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ ।’ 

एमालेका उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।