अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले भन्नुभयो–नेम्वाङ उपाध्यक्षमात्रै होइन, सुख दुःखको साथी हुनुहुन्थ्यो

अध्यक्ष ओलीले भन्नुभयो–नेम्वाङ उपाध्यक्षमात्रै होइन, सुख दुःखको साथी हुनुहुन्थ्यो


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमाफर्त अध्यक्ष ओलीले नेम्वाङको निधनप्रति समवेदना व्यक्त गर्नुभएको हो । 

उहाँले लेख्नुभएको छ,’मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो ।  लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनु भएको योगदान सधैँ सम्झिरहने छौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । श्रद्धाञ्जली सुवासजी !

उपाध्यक्ष नेम्वाङको गए राति १ः३० बजे हृदयघातका कारण निधन भएको थियो । उहाँको पार्थिव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि ल्याइँदै छ ।