अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्‍यो: पूर्वप्रधानमन्त्री डा.भट्टराई

नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्‍यो: पूर्वप्रधानमन्त्री डा.भट्टराई


काठमाडौँ–नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोरेको बताउनुभएको छ । 

उहाँले एमाले उपाध्यक्ष नेम्वाङको निधनबाट आफू स्तब्ध र मर्माहत भएको बताउनुभयो । “ आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल व्यक्तित्व नेम्वाङको निधनबाट देशले क्षति व्यहोरेको छ”, उहाँले भन्नुभयो, “मैले आत्मीय मित्र गुमाएको छु”, अध्यक्ष भट्टराईले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजन तथा पार्टी पङ्क्तिमा समवेदना व्यक्त गर्नुभएको छ ।