अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले सचिवालय बैठक सुरू

नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले सचिवालय बैठक सुरू


काठमाडौं-नेकपा (एमाले)को आकस्मिक सचिवालय बैठक सुरु भएको छ। अहिले बैठक चलिरहेको छ।

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि सचिवालयको आकस्मिक बैठक बसेको हो।

जारी बैठकमा बैठकमा उपाध्यक्ष नेम्वाङको कुर्सीमा माला राखिएको छ। नेम्वाङको गएराति १ः४० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जबाट अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा लगिएको छ। नेम्वाङको पार्थिव शरीरलाई मंगलबार च्यासलमा श्रद्धाञ्जलीका लागि राखिनेछ।