अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको तीज कार्यक्रम स्थगित

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको तीज कार्यक्रम स्थगित

सुवास नेम्वाङको निधनपछि पार्टीको सबै कार्यक्रम स्थगित


काठमाडौं-नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको तीज विशेष कार्यक्रम स्थगित गरिएको छ।

नेकपा एमालेका उपाध्यक्ष, पूर्व सभामुख, संविधान सभा अध्यक्ष तथा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको निर्देशन अनुसार तीज कार्यक्रम स्थगित गरिएको सम्पर्क मञ्चका अध्यक्ष उमाकान्त चौधरीले बताउनुभयो।

मञ्चका अध्यक्ष चौधरीले भन्नुभयो, ‘सम्पर्क मञ्चले २०८० साल भदौ २९ गते शुक्रबारको दिन काठमाडौंको बिजुलीबजारस्थित क्रिस्टल पार्टीप्यालेसमा नेपाली महिलाहरुको महान पर्व  हरितालिका तीज विशेष-२०८० तथा जितिया पर्वको अवसरमा दर खाने कार्यक्रम तय गरिएको थियो । तर, एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको निर्देशनअनुसार तीज तथा जितिया पर्व कार्यक्रम स्थगित गरिएको सम्पूर्ण दिदीबहिनी, आमाबुवा, दाजुभाइ, मञ्चमा आवद्ध पदाधिकरी, सदस्यहरु, मञ्च सल्लाहकारज्यूहरु, केन्द्रीय कमिटिका नेताहरु, प्रदेश कमिटीका नेताहरु, जिल्ला कमिटीका नेताहरु एवं  उदयपुरको ४ वटा पालिका र ४ वटा नगरपालिकाका महानुभावहरु, एमालेका नेता-कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक, समर्थक लगायत मानुभावहरुलाई जानकारी गराउँदछु।’

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले अन्त्येष्टि बिहीबार गरिने बताउनु भयो । उहाँका अनुसार नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ भने त्यसपछि नेम्वाङको निवासमा लगिने छ। घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिनेछ।

नेम्वाङको अन्त्येष्टि भने पशुपति आर्यघाटमै गरिने छ। मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरिसकेको छ। साथै अन्त्येष्टिका दिन शोक बिदा दिने निर्णय सरकारले गरेको छ।

नेकपा एमालेको मंगलबार बसेको सचिवालय बैठकले नेम्वाङको निधनमा तीन दिनका लागि औपचारिक कार्यक्रम स्थगित गर्नुका साथै पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

नेम्वाङको सोमबार राति हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो । नेम्वाङका दुई छोरा र दुई छोरी छन्।