अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौहत्याको विरोधमा काठमाडौंमा राप्रपाको प्रदर्शन

गौहत्याको विरोधमा काठमाडौंमा राप्रपाको प्रदर्शन


काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौहत्याको विरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ।

बुधवार काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन्। 

राप्रपाद्वारा आयोजित जनप्रदर्शन तथा विरोध सभालाई अध्यक्ष राजेन्द्र लिङदेनलाई शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले गौहत्या गर्नेमाथि कारबाही नभएसम्म देशभर आन्दोलन नरोक्ने उद्घोष गर्नुभयो।

सुशासनको प्रत्याभुति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदान गर्न दबाबस्वरुप सरकारविरुद्ध प्रदर्शन गरेको छ।

भृकुटीमण्डपबाट शुरु भएको विरोध र्‍याली रत्नपार्कमा पुगेर सभामा परिणत भएको छ।