अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपाध्यक्ष नेम्वाङको आज अन्त्येष्टि गरिँदै, यस्तो छ शवयात्राको रुट

उपाध्यक्ष नेम्वाङको आज अन्त्येष्टि गरिँदै, यस्तो छ शवयात्राको रुट


काठमाडौँ–संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । उहाँको शवयात्रासहित पशुपति आर्यघाटमा बिहान ११ बजे राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ ।

एमालेले उपाध्यक्ष नेम्वाङको  शवयात्राको रुट पनि तय भएको जनाएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टका अनुसार उपाध्यक्ष नेम्वाङको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्नुपर्ने छ ।  

शवयात्राको रुट उहाँको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको एमालेले जनाएको छ ।  

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उहाँको सोमबार राति हृदयाघातबाट निधन भएको थियो ।