अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै,  नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै,  नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची


काठमाडौँ– आज संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र  प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।  

राष्ट्रिय सभाको बैठक दिउँसो साढे २ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे सुरु हुनेछ ।

सदनको बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । 

संसद सचिवालयले शोक प्रस्ताव पारित गर्ने बाहेक आजको बैठकका लागि अन्य कार्यसूची तय गरिएको छैन ।