अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौँ–संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको हो । 

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र  पढेर सुनाउने तथा  प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेकोबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।