अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चेतन कार्कीको गीत सम्झँदै अध्यक्ष ओलीद्वारा तिजको शुभकामना

चेतन कार्कीको गीत सम्झँदै अध्यक्ष ओलीद्वारा तिजको शुभकामना


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरितालिका (तीज) व्रतको शुभकामना दिनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले तीजको शुभकामना दिनुभएको हो । 

चेतन कार्कीको गीत सम्झँदै अध्यक्ष ओलीले पछि आउने पुस्ताले पनि तीजमा सोही गीत गाउने बताउनुभएको छ । 

‘गाऔँ स्वर खोलेर दिदी र बैनी, नाचौँ न मिलेर दामली सइनी ! तीजको लहर आयो बरी लै !’, अध्यक्ष ओलीले लेख्नुभएको छ,’तीज कति आए, जति तीज आए गीतकार चेतन कार्कीको यो कालजयी गीत नै लोकप्रिय भयो । पछि आउने पुस्ताले पनि तीजमा यही गीत गाउँछ जस्तो लाग्छ । शुभ बिहानी ! सबैले रमाइलो गरी तीज मनाउनुस् है !’

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।