अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले अध्यक्ष ओलीको प्रमुख अतिथियतामा राष्ट्रिय विज्ञान दिवसमा अन्तरक्रिया गर्दै 

एमालेले अध्यक्ष ओलीको प्रमुख अतिथियतामा राष्ट्रिय विज्ञान दिवसमा अन्तरक्रिया गर्दै 


काठमाडौँ–नेकपा एमालेले राष्ट्रिय विज्ञान दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । 

एमाले  विज्ञान तथा प्रविधि विभागले आज राष्ट्रिय विज्ञान दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । 

आज दिउसो साढे २ बजे केन्द्रीय पार्टी कार्यालयमा हुने सो कार्यक्रममा अध्यक्ष केपी शर्मा आली प्रमुख अतिथि हुनुहुनेछ । 

आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता ः सबल अर्थतन्त्रको आधारशिला’ भन्ने आदर्श वाक्य तय गरिएको छ ।