अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङको निधनले देशलाई ठूलो क्षति पुगेको छ: ओनसरी घर्ती

नेम्वाङको निधनले देशलाई ठूलो क्षति पुगेको छ: ओनसरी घर्ती


काठमाडौँ-पूर्वसभामुख ओनसरी घर्तीले संसदमा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व सुवासचन्द्र नेम्वाङलाई संसदले गुमाएको बताउनु भएको छ। 
आज नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित संविधान र सुवास विषयक विचार गोष्ठीमा बोल्दै उहाँले स्व.नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै उहाँ संसदको अभिभावक भएको बताउनु भयो।  

उहाँले नेम्वाङलाई समन्वयकारी, सजिलै पहुँच राख्नसक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने र असल नेताको रुपमा स्मरण गराउनु भयो । उहाँले देशको लागि नेम्वाङको निधनले ठूलो क्षति पुगेको बताउनुभयो । घर्तीले स्व. नेम्वाङ संविधान सभाको सफल अध्यक्ष भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामीले संसदका लागि एक अभिभावक गुमाएका छौँ। संसद चलाउनका लागि आजको परिस्थितिलाई सम्हाल्नका लागि, आजको संकटलाई सजिलै सहजीकरण गर्नका लागि संसदले अभिभावक नै गुमाएको छ। साथै एक समन्वयकारी, सजिलै पहुँच राख्नसक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने, एक असल नेता पनि देशले गुमाएको छ। यो पनि हाम्रो ठूलो क्षति हो। आफू उहाँ पदीय मर्यादामा रहँदा पदीय मर्यादा कहिल्यै पनि भुल्नुभएन । उहाँ संविधान सभाको सफल अध्यक्ष हुनुहुन्छ। हामी सबैले सम्झिरहन्छौं ।’

पूर्वसभामुख घर्तीले राजनीतिक वृत्तमा उहाँले खेलेको मध्यस्थकर्ताको भूमिका राज्यले सधैँ सम्झिरहने बताउनु भयो ।