अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नागरिक उड्डयनको नयाँ भवनमा अख्तियारको छापा

नागरिक उड्डयनको नयाँ भवनमा अख्तियारको छापा


काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा छापा मारेको छ। बुधबार क्यानको सिनामंगलस्थित कार्यालयमा छापा मारेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवनमा अख्तियारको टोली केही बेरअघि पुगेको थियो। उक्त भवन निर्माणमा अर्बौंको भ्रष्टाचार भएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो।

अख्तियारले निर्माणसँग सम्बन्धित कागजपत्र र अनुसन्धानका लागि आवश्यक प्रमाण लिएर गएको स्रोतले बतायो ।