अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान निर्माणमा सुवास नेम्वाङको नेतृत्वदायी भूमिका छ: कृष्ण सिटाैला

संविधान निर्माणमा सुवास नेम्वाङको नेतृत्वदायी भूमिका छ: कृष्ण सिटाैला


काठमाडाैं-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटाैलाले संविधान निर्माणमा संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङकाे अतुलनीय भूमिका रहेकाे स्मरण गर्नुभएकाे छ।

संविधान सभाका अध्यक्ष नेम्वाङको स्मृतिमा मंगलबार च्यासलमा आयाेजि सुवास र संविधान प्रवचन कार्यक्रममा बाेल्दै नेता सिटाैलाले नेम्वाङले नेतृत्व नगरेकाे भए संविधान जारी गर्न सम्भव नहुने अवस्था सृजना भएकाे हुने स्मरण गर्नुभयाे।

संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान मात्र नभएर नेतृत्वदायी भूमिका रहेकाे समेत उहाँले स्मरण गर्नुभयाे। नेता सिटाैलाले भन्नुभयाे, ‘संविधान निर्माणमा सुवास नेम्वाङजीकाे अतुलनीय याेगदान मात्र हाेइन, समन्वयकारी भूमिका मात्र हाेइन, नेतृत्वदायी भूमिका छ।’

संविधानकाे इमान्दारीतापूर्वक कार्यान्वयन गर्नु नै नेम्वाङप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँले बताउनुभयाे। नेम्वाङले देशभक्त, राष्ट्रभक्त भएर, देश र जनताका लागि काम गर्नुभएकाे नेता सिटाैलाले स्मरण गर्नुभयाे ।संविधान कार्यान्वयन गर्न सकिएन भने ५ वर्षपछि संविधान जस्ताकाे तस्तै रहने उहाँले बताउनुभयाे। सत्तापक्ष र प्रतिपक्ष मिलेर संविधानकाे वास्तविक कार्यान्वयन गर्नुपर्ने नेता सिटाैलाले बताउनुभयाे ।