अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान जारी गर्ने बेलामा सुवास नेम्वाङले अगुवाइ गर्नुभयो: शंकर पोखरेल

संविधान जारी गर्ने बेलामा सुवास नेम्वाङले अगुवाइ गर्नुभयो: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीति सङ्क्रमणबाट गुज्रिरहेको बताउनुभएको छ। 

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पार्टी उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित सुवास र संविधान विषय कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो अवस्थामा देशमा समन्वय गर्ने व्यक्तिको खाँचो रहेको बताउनुभयो।

यो अवस्थामा सुवासचन्द्र नेम्वाङको अभाव खड्किरहेको पोखरेलले बताउनुभयो। उहाँले भन्नुभयो, ‘संविधानलाई प्रभावकारी कार्यान्वयन गर्ने बेलामा हामी उहाँलाई सम्झिरहेका छौँ।’ 

संविधान सभाका अध्यक्षको रूपमा नेम्वाङले सफल भूमिका निर्वाह गर्नुभएको पोखरेलले बताउनुभयो। जननिर्वाचित संविधान सभाले जारी गरेको जनअधिकार सहितको संविधान जारी गर्ने कुरामा उहाँको अगुवाइ रहेको पोखरेलको भनाइ छ। ‘संविधान जारी गर्ने बेलामा उहाँले अगुवाइ गर्नुभयो’, पोखरेलले भन्नुभयो । 

नेपालको राजनीतिका योद्धाका रूपमा र नेपालको कानुन र संविधानका विषयमा सबैका सल्लाहकारको रूपमा नेम्वाङले भूमिका निर्वाह गर्नुभएको पोखरेलले बताउनुभयो। जतिबेला संवैधानिक र कानुनी प्रश्न आउँछन् त्यतिबेला सबैले उहाँले के भन्नुहुन्छ भनेर पर्खने गरेको पोखरेलले स्मरण गर्नुभयो ।