अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका समस्याहरू सबै पार्टी मिलेर समाधान गरौं: अध्यक्ष ओली

देशका समस्याहरू सबै पार्टी मिलेर समाधान गरौं: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै पार्टी र पक्षहरु मिलेर देशका समस्याहरु समाधान गर्नुपर्ने परिस्थिति आएको बताउनु भएको छ ।

आज मंगलबार पार्टी कार्यालय च्यासमा आयोजित संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा ओलीले देशकाप्रति जिम्मेवार भएर एकतावद्ध हुनपर्ने र समस्या समाधान गर्नुपर्ने बेला आएको बताउनु भयो। उहाँले त्यसो हुन नसके धेरै प्रकारको खतराहरुबाट जेलिन सक्ने बताउनु भयो ।

प्रमुख राजनीतिक दलहरुको नेतृत्वमा धेरै आन्दोलन र बलिदान भएकाले दलहरु गम्भीर भएर अहिलेका उपलब्धिहरुलाइ रक्षा गर्नुपर्ने उहाँले बताउनु भयो ।

अध्यक्ष ओलीले देशमा सुशासन ल्याउनका लागि एमाले प्रतिवद्ध रहेको र स्वार्थका लागि देशमा राष्ट्रिय एकता खलबलिन दिन नसक्ने स्पष्ट पार्नु भयो ।

उहाँले गम्भीरता भन्दा भावना र प्रायोजित तथा आयातित कुराबाट दबाब देखिरहेको हुँदा संविधान संशोधन गर्न हतारो गर्न नहुने धारणा पनि व्यक्त गर्नुभयो। यसअघि तत्कालिन आवश्यकता पूरा गर्न दुई पटक संविधान संशोधन गरिएको भन्दै ओलीले भन्नुभयो, ‘अब संविधान संशोधन गर्दा अलिकति बढी, तत्काल चाहिएको विषय मात्र होइन, केही विषय राम्रै छलफल गरेर संविधान गर्नुपर्छ।’

अहिले पनि मुलुकमा गम्भीरता भन्दा भावनात्मक विचार, प्रायोजित र आयातीत कुराबाट दबाब दिने प्रवृत्ति देखिएको भन्दै ओलीले यस्तो बेला संविधान संशोधन गर्नु उचित नहुने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘…आयातीत कुराबाट प्रेसर गर्ने प्रवृत्ति पनि देखिएको हुनाले, अनेक प्रकारका बेठीक उद्देश्य देखिएकाले तत्काल समुचित ढंगले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने गम्भीर प्रश्न छ, त्यसैले यसमा कुनै हतारो गर्नुपर्ने छैन।’

अध्यक्ष ओलीले तत्कालीन अवस्थामा संविधान जारी नगर्न नेम्वाङलाई दबाब आएको भए पनि बलियो अठोटका कारण संविधान जारी भएको स्मरण गराउनु भयो।